कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सुवास विडारी

मकवानपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर र बाराको सीमा नजिकै बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा–१५ चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना.६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौंडा–३ बस्ने अन्दाजी ४३ वर्षीया देवी लामाको मृत्यु भएको हो । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको जनाइएको छ ।

मोटरसाइकल चालक हेटौंडा–३, लेवटका ३५ वर्षीय ईश्वर नेपाल घाइते भएको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस तथा चालक इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : पुस २५, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?