कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा आगलागी

हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकामा आगलागी भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर आगलागी हुँदा कालिकाटारमा रहेको गाउँपालिका कार्यालय पूर्णरुपमा जलेको अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा आगलागी

अध्यक्ष मोक्तानका अनुसार केही दिन अगाडिको चट्याङले कार्यालयमा विद्युत् सर्ट भएको थियो ।

‘हाम्रो कार्यालयमा अझै विद्युत् पुगेको छैन । जेनेरेटर र सोलारबाट चलाइरहेका छौं । आज घाम लागेको कारण सोलारबाट विद्युत् प्रवाह हुँदा सर्ट भएको हुनसक्छ,’ अध्यक्ष मोक्तानले भने । उनका अनुसार कार्यालयमा रहेका सबै कागजपत्र जलेका छन् ।

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्य उर्जा प्रणालीमा सर्ट भई आगलागी भएको थियो । आजगनी भएसगै भवनबाट सबै बाहिर निस्किएका थिए । उक्त भवन २०७३ सालमा नेपाली सेनाले निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

आपतमा परेकाहरुलाई सेल्टर दिने उद्देश्यले उक्त सामुदायिक भवन निर्माण गरिएको थियो । भवनको अभावले गर्दा उक्त सामुदायिक भवनलाई गाँउपालिकाले प्रशासनिक भवनको रुपमा प्रयोग गर्दै आएको थियो. । प्रिफ्यावको १८ कोठे भवन आगलागी भएर सबै जलेर नष्ट भएको उपाध्यक्ष सुकुमाया थिङले बताइन् । आगलागी हुँदा उनी उक्त भवनमा नै थिइन् । आगलागीबाट गाउँपालिकाका सबै कागजपत्र, जिन्सी सामानसमेत नष्ट भएको छ

प्रकाशित : जेष्ठ १५, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?