कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन जिल्लाका दुर्गम बस्तीमा दादुरा

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशको तीन  जिल्लाको चार गाउँपालिका र एक नगरपालिकामा दादुराको प्रकोप देखा परेको छ । चितवनको राप्ती नगरपालिका, धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिका दादुराको प्रकोप देखापरेको  छ ।

तीन जिल्लाका दुर्गम बस्तीमा दादुरा

यसैगरी मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा दादुराको प्रकोप देखापरेको छ । राक्सिराङ गाउँपालिकाको साविकको काकडा र सरिखेत गाविसमा र कैलाश गाउँपालिकाको साविकको नामटार गाविसमा दादुराको प्रकोप देखापरेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । धादिङ जिल्लाको दुई गाउँपालिकामा देखापरेको दादुरा प्रकोपलाई नियन्त्रण गर्न खोप सञ्चालन गरिसकेको प्रदेश स्वाथ्य निर्देशनालय हेटौंडाका निर्देशक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

‘चितवनको राप्ती नगरपालिकाको १०,११,१२ र १३ नम्बर वडामा दादुरा प्रकोप देखा परेको छ । उक्त क्षेत्रका दादुराको खोप सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने । तीन जिल्लाको चार पालिकाको चेपाङ बस्तीमा मात्र दादुराको खोप देखा परेको हो । विगतमा खोप नलगाएका कारणले. अहिले दादुरा देखेको हुन सक्ने प्रदेश स्वास्थ्य निर्देशनालय हेटांैडाका वरिष्ठ अधिकृत शान्तिराम खतिवडाले बताए । मकवानपुरको दुर्गम दुई गाउँपालिकामा देखापरेको दादुरा ५ वर्षमाथिकालाई भएको छ । त्यसैकारणले उक्त क्षेत्रमा ५ वर्षदेखि १५ वर्षसम्मका खोप दिने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिले दादुरा र रुबेलाविरुद्धको खोप नलगाएको स्थानमा यो रोग देखा पर्ने गर्दछ । स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायले भने, ‘दादुरा रोगको निवारण भइसकेपछि फेरी एक जनाभन्दा बढी व्यक्तिलाई रोग देखापरेमा प्रकोप भनिन्छ ।’ चेपाङ बस्तीका वालवालिकामा दादुराको प्रकोप देखिएकाले पहिले खोप लगाउन छुटेकाले यस्तो भएको हुन सक्छ एक स्वास्थ्यकर्मीले भने ।

प्रकाशित : वैशाख २१, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?