कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

८० जेष्ठ नागरिक सम्मानीत

नुवाकोट — समाज सचेतन केन्द्रले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । केन्द्रले शुक्रबार २० औं वार्षिकोत्सव अवसरमा ७५ वर्ष माथिका ८० जनालाई सम्मान गरिएको अध्यक्ष यमकुमार खातीले बताए । जेष्ठ नागरिकलाई पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीले रामनामी ओढाएर जाडो मौसमको लागि एउटा थर्म हस्तान्तरण गरे । 

८० जेष्ठ नागरिक सम्मानीत

सम्मान थापेपछि विदुर नगरपालिका ४ का ९२ वर्षीय रोहिन्द्रबहादुर रेग्मीले खुसी लागेको बताए । रेग्मीसहित विनपाका ८० जनालाई सम्मान गरिएको हो । इतिहास, ज्ञान उनीहरुबाट सिक्न र आगामी युवा पुस्ताले पनि सम्मान गर्दै जान सकुन् भन्ने भावना यस्ता कार्यक्रम जागृत गराउन पूर्वसांसद लोहनीको विश्वास थियो ।


सम्मान कार्यक्रममा पूर्वसभासद गोविन्द नेपाली, कांग्रेस जिल्ला सचिव सुरेन्द्र अधिकारी लगायतले जेष्ठ नागरिकप्रति सम्मान अतुलनीय भएको बताए ।

प्रकाशित : मंसिर २८, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?