कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरबाट खसेका सहचालकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — गिट्टी, ढुंगा, बालुवाजस्ता निर्माण सामग्री ढुवानी गर्ने ट्रिपरबाट खसेका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार सोमबार बिहान ११ बजे पुर्वी चितवन राप्ती नगरपालिका–५ भण्डाराको भित्रि सडकमा ना ३ ख ३७७८ नम्बरको टिपरको ढोकाबाट सहचालक तीर्थबहादुर सारु खसेर गम्भीर घाइते भएका थिए ।


बर्दिया गोरुवा गाउँपालिका–५ का २० वर्षीय तीर्थबहादुरको भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार साँझ पौने ५ बजेतिर निधन भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालालले बताए ।



प्रकाशित : कार्तिक २६, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?