१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

काभ्रेमा फेरि सवारी दुर्घटना, १ को मृत्यु, १ जना घाइते

कान्तिपुर संवाददाता

काभ्रे — अरनिको राजमार्गअन्तर्गत २५ किलोमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा १ को मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।

काभ्रेमा फेरि सवारी दुर्घटना, १ को मृत्यु, १ जना घाइते

अन्टेस्ट मोटरसाइकललाई बा १० च २१५४ नम्बरको जिपले ठक्कर दिँदा बाइकमा सवार भक्तपुर ९ का २० वर्षका बिमल कोतुजुको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरिले जानकारी दिए । उनका अनुसार कोतुजु चढेको मोटरसाइकल पछाडि रहेको बा ३ ख ७०८७ नम्बरको टिपरले किच्दा मृत्यु भएको हो ।


घाइते चागुनारायण ८ का प्रेमप्रसाद दाहालको बनेपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यस्तै, बीपी राजमार्गमा सोमबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेमा नमोबुद्ध ६ का ६५ वर्षका रामकृष्ण कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ५ जनाको नर्भिक अस्पतालमा, ४ जनाको बिएन्डबि र १/१ जनाको ट्रमा सेन्टर र भेनस अस्पतालमा उपचार भइरहेको छ ।


७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ६ जना डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?