कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमोबुद्धमा बस दुर्घटना, २५ घाइते

नगेन्द्र अधिकारी

काभ्रे — वीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पात्लेगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

नमोबुद्धमा बस दुर्घटना, २५ घाइते

बनेपाबाट नेपालथोकको लागि छुटेको बा.४.ख ३३१९ नम्बरको यात्रुबाहक बस सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । विपरीत दिशाबाट आइरहेको बसलाई साइड दिने क्रममा एक्कासीबीचमा चेपिएको मोटरसाइकललाई बचाउने क्रममा बस तल खसेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

गम्भीर घाइते तेमाल गाउँपालिकाका १८ वर्षीय विवेक तामाङ र पहिचान नखुलेका २ जनालाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । अन्य २२ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : कार्तिक २५, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?