कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै आत्महत्या

रमेशकुमार पौडेल

चितवन — भरतपुरको सरकारी अस्पतालमा शुक्रबार राति झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । 

लमजुङ दूधपोखरी गाउँपालिका–२ का २३ वर्षीय विष्णुबहादुर सुनारले अस्पतालको मेडिकल वार्डको भर्‍याङमा झुण्डिएर आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले आफूसँग भएको लामो खाले रुमालेको पासो लगाएको प्रहरीले बताएको छ ।

सुनार श्रीमतीको उपचारका लागि अस्पताल आएका थिए । डेढ महिनाअघि उनकी श्रीमतीले बच्चा जन्माएकी थिइन् । सुत्केरी श्रीमती बिरामी भएपछि सुनार अन्य दुईजना अभिभावकहरुका साथ उपचारका लागि भरतपुर अस्पताल आएका थिए ।


सुनारको आत्महत्या सम्बन्धमा विस्तृत सोधखोज र अनुसन्धान बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी शालिग्राम पौडेलले बताए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?