कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुवास विडारी

मकवानपुर — प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेशको अस्थायी मुकाम हेटौंडामा बुधबार दिउँसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । यसअघि प्रदेश ३ की प्रदेश प्रमुख रहेका अनुराधा कोइरालालाई बर्खास्त गरेर संघीय सरकारले प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । 

नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले सबैपक्षलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘सबै पक्षको सहयोग र सद्भावबाट राष्ट्रको उन्नति र प्रगति हुन सक्छ । सवैसँग सदभाव कायम गर्दै प्रदेशको समग्र विकासमा अगाडि बढ्ने छु,' उनले आफू संविधानको दायरमा रहेर आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । ‘सबै क्षेत्रको सहयोगबाट अगाडि बढ्न सहज हुन्छ । त्यसका लागि काम गर्नेछु,’ उनले भने ।


उनलाई प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्वागत गरेका थिए । प्रदेश ३ का मुख्यमन्त्री हेटौंडामा नभएका कारण जम्मकट्टेलले उनलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, विभिन्न मन्त्रालयका सचिव तथा विभिन्न सरकारी कार्यालयहरुका कर्मचारीले स्वागत गरेका थिए ।

प्रकाशित : कार्तिक २०, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?