बाँदर मार्न बोकेको बन्दुक पड्किएर एकको मृत्यु

रासस

ओखलढुंगा — ओखलढुंगामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका-३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । 

सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उपचारका लागि काठमाडौँ लैजाने क्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय २२ का रुकमान तामाङ फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट एक थान लोड भएको अवस्थामा र एक थान पड्किएको अवस्थामा भरुवा बन्दुकसमेत बरामद भएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १७:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छेन्दुमा नेपाल चिनाउने फोटो प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्राभलर फोटोग्राफर तथा वृत्तचित्र निर्देशक देवेन्द्रबहादुर शाहीले चीनको ऐतिहासिक सहर छेन्दुमा यसैसाता नेपाल चिनाउने तस्बिर प्रदर्शनी गरेका छन् ।

शाहीले १० वर्ष नेपालका विभिन्नस्थान घुमेर खिचेका ५० भन्दा बढी तस्बिरहरु प्रदर्शनीमा राखेका थिए।

नेपालको संस्कृति, भेषभुषा, जनजीवन र मनोरम दृष्यले चिनियाँहरुलाई लोभ्याएको शाहीले बताए। ‘नेपालका फरक तस्बिर देखेर उनीहरुले धेरै प्रश्न पनि गरे’ उनले भने।

चीन सरकार, सिचुवान इन्टरनेशनल कल्चरल एक्सेन्ज सेन्टर तथा यन्वा जिन्साको आयोजानामा फोटो प्रदर्शनी भएको हो।

लाखौं चिनियाले विभिन्न देशका तस्बीर समेटिएको प्रदर्शनी अवलोकन गरेका थिए। सिचूवान प्रान्तका मन्त्री, मेयर, व्यापारी, प्रतिष्ठित व्यक्तिहरुले समेत तस्बिर चासोपूर्वक हेरेका थिए।

शाहीले आफूले बनाएको वृत्तचित्र समेत देखाएका थिए। प्रदर्शनीले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ। सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

प्रकाशित : कार्तिक १९, २०७६ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT