कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेुखबाट गाँजासहित दुई पक्राउ

हरिहरसिंह राठौर

धादिङ — धादिङ प्रहरीले जिल्लाको बेनिघाटरोराङ-३ मलेखुबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मलेखुबाट ताल्ती जाने कच्ची सडकमा खटिएको प्रहरी टोलीले ७ किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो ।

मलेुखबाट गाँजासहित दुई पक्राउ

लागुऔषध गाँजासहित स्याङ् भोर्लेका २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जेलबाङकी २६ वर्षीया संगीता परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवै पोखरा बस्दै आएका छन् ।


प्रहरी चौकी मलेखु र इलाका प्रहरी कार्यालय गजुरीबाट गस्तीमा खटिएको प्रहरीले ग १० प ४४९४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगीताको साथबाट गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नामयव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।


ताल्ती तर्फबाट मलेखु आइरहेको उक्त स्कुटरमा चालक र यात्रुबीचमा राखिएको २ वटा जेब्रा झोला खानतलासी गर्दा उक्त परिणामको गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?