कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना प्रविधि अधिकृतमाथि आक्रमण

कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — सिन्धुलीको तीनपाटन गाउँपालिकाका सूचना प्रविधि अधिकृत सञ्जय थापामाथि आक्रमण भएको छ । पालिकाको प्राविधिक शाखाको माथिल्लो तलाको कर्मचारी आवासमा सुतिरहेका थापामाथि बिहीबार राति ५ जनाको समूहमा आएका युवाले आक्रमण गरेका हुन् ।  

सूचना प्रविधि अधिकृत थापामाथि गाउँपालिकाकै वडा नम्बर ११ का रविन बस्नेत, उमेश कार्की, विशाल लामा, भोजराज दाहाल र ईश्वर कार्कीले सामूहिक रूपमा आक्रमण गरेको पालिकाले जनाएको छ । हातहतियारसहित आएका समूहले थापाको घाँटी थिची, लात्ताले हानी ज्यान मार्ने मनसाय राखी आक्रमण गरेको पालिकाले जनाएको छ । पालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो हिंस्रक व्यवहारप्रति तीनपाटन गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?