कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

सुवास विडारी

मकवानपुर — अज्ञात समूहले मकवानपुर थाहा नगरपालिका-५ को वडा कार्यालयमा गएराति आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा राती करिब ११ बजेर ४० मिनेटतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए ।

कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको उनले बताए । विद्युत मिटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाए पनि कसले आगजनी गर्‍यो भन्ने खुलेको छैन ।


आगजनीबाट कार्यालयमा भएको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको घटनामा संलग्नको खोजी भइरहेको र प्रहरी राति नै परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जनाएको छ । वडा कार्यालयको नवनिर्मित भवनबाट केही समयअघिबाट मात्र सेवा सुरु गरिएको थियो ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?