५९ हजारले लिए अग्रिम टिकट

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौंबाट बाहिर जान बिहीबारसम्म करिब ५९ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । चाडपर्वलाई लक्षित गरेर महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना सञ्चालन गरेको छ  ।

महाशाखाले असोज ५ देखि ८ सम्म गरेको अनुगमनमा बढी भाडा लिएका ९८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको जनाएको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखाको सहकार्यमा सुरु भएको नागरिक सहायता कक्षमा ८ जनाको गुनासो परेको छ ।

टिकट नपाएको, टिकटमा लेखिएको गाडी र चढ्ने गाडी फरक परेको, बढी भाडा लिएको, टिकट काटेको यात्रुलाई नलिई गएको लगायत गुनासो हेल्प डेस्कमा आएको महाशाखाले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?