कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवामा ६४ जनाका आँखा निःशुल्क शल्यक्रिया

बलराम घिमिरे

रसुवा — कालिकास्थानमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।  शिविरमा ६१ को मोतिबिन्दु र ३ जनाको आँखामा मासु पलाएको देखिएपछि शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र रसुवाका इन्चार्ज सुपेन्द्र ताम्राकारले बताए । 

रसुवामा ६४ जनाका आँखा निःशुल्क शल्यक्रिया

शल्यक्रिया गर्नुअघि १ हजार ६५० जनाको आँखा जाँच गराएका थिए । शिविरमा चिलिमे, धुन्चे, गोल्जुङ्ग, गत्लाङ्ग, खाम्जिङ्ग, स्याफ्रुबेंसी, पलेप, जिबजिबे, भोर्ले, पारर्‍याङ, कर्मीडाँडा र ठूलोगाउँ लगायत स्थानबाट बिरामी पुगेका थिए ।


कालिका गाउँपालिका–२ कालिकास्थानमा शुक्रबार र शनिबार जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले शिविर आयोजना गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?