रसुवास्थित उत्तरगया गाउँपालिका-५ बनुवा घुम्तिमा सडक भाँसिदा पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले उक्त सडक खण्ड भाँसिएका कारण यातायात अवरुद्ध भएको हो ।
रसुवामा 'आइस स्तूपा' बनाएर पानी सञ्चित गर्ने प्रविधिको परीक्षण सफल भएको छ । आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँभन्दा माथि गोठेन खर्कनजिकै 'आइस स्तूपा' निर्माण गरिएको छ । यो नेपालमै पहिलो पटक निर्माण गरिएको 'आइस स्तूपा' हो । भारतको लद्दाखमा भने यो प्रविधिको प्रयोग गरिएको छ ।
रसुवा र नुवाकोटको सीमानामा पर्ने बेत्रावतीमा प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोरु जुधाउने परम्परा छ । गोसाइँकुण्ड युवा क्लबले गोरु जुधाइ मेलाको व्यवस्थापन गर्दै आएको छ । त्यही परम्परालाई निरन्तरता दिँदै सोमबार ९ हल गोरु जुधाइएको छ । यस वर्ष मकर संक्रान्तिका दिन १८ जना कृषकले गोरु जुधाउन बेत्रावतीमा ल्याएका थिए ।
रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा बिहीबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भिड लागेको छ ।त्रिशुली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरुले दिवंगत आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण दिने गर्छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय नजिकिदै जाँदा सम्झौता बिपरित एनसेलकाे शेयर खरिदबिक्रीको नाटक मन्चन भएकाे दाबी गरेका छन् ।