कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने

काभ्रे — जिल्लाका ४ हजार बालबालिकाको दृष्टि परीक्षण गर्न बालबालिका नै परिचालन हुने भएका छन् । वीपी नेत्र प्रतिष्ठानले जिल्लाका ६ नगरपालिका र बेथानचोक गाउँपालिकाको २० विद्यालयका ती बालबालिकाको दृष्टि परीक्षण गर्न ८४ विद्यार्थीलाई तालिम दिएर परिचाल गर्न लागेको परियोजना प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार तालिम दिएपछि उनीहरुले सहपाठीको दृष्टि क्षमता जाँच गर्नेछन् । दृष्टि परीक्षण गरेपछि नजिकैको आँखा जाँच केन्द्रमा परीक्षण गरेपछि चश्माको आवश्यक परे प्रतिष्ठानले नै निशुल्क उपलव्ध गराउनेछ ।


‘विगतमा बालबालिकालाई नै दृष्टि परिक्षण गर्न लगाउँदा प्रभावकारी देखिएकाले ६ जिल्लामा पुनः यही कार्यक्रम गर्दैछौँ,’ उनले भने, ‘तालिम लिएका बालबालिकाले परीक्षण गरेपछि नजिकको आँखा केन्द्रबाट जाँच गराउँदा चस्मा आवश्यक भए त्यो पनि निशुल्क उपलब्ध गराउछौं ।’


बालबालिकाको सहयोगको लागि प्रतिष्ठानले शिक्षक र नजिकैको स्वास्थ्य संस्थाका प्रतिनिधिलाई पनि तालिम दिनेछ ।

प्रकाशित : आश्विन ६, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?