कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान दिवसमा नुवाकोटमा प्रभातफेरी

कृष्ण थापा

नुवाकोट — संविधान दिवस अवसरमा प्रभातफेरी निकालिएको छ । संविधान दिवस समारोह समितिको आयोजनामा शुक्रबार त्रिशूली पुरानो बसपार्कबाट बाजागाजा, भजन, लाखेनाचसहित भएको प्रभातफेरी ऱ्यालीले त्रिशूली बजार, ढुंगे, विदुर परिक्रमा गरेको थियो । र्‍यालीपछि जिसस प्रांगण कोणसभामा गरिएको थियो । 

संविधान दिवसमा नुवाकोटमा प्रभातफेरी

कोणसभामा संविधान मूल कानुन भएकाले सबैले पालना गर्नुपर्ने वक्ताहरुले जोड दिए । प्रभातफेरीमा विद्यार्थी, समाजसेवी, नागरिक समाज, पत्रकार, दलका प्रतिनिधि, सरकारी कार्यालयका पदाधिकारी लगायत उपस्थित थिए ।

उक्त अवसरमा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा विजयी राष्ट्रसेवक कर्मचारीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । दुप्चेश्वर गाउँपालिकाले संविधान दिवसको अवसरमा भलिबल खेलाएको थियो ।





प्रकाशित : आश्विन ३, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?