कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा १०७० लाई डेंगु

हेटौंडा — मकवानपुरमा मंगलबारसम्म एक हजार ७० जना डेंगुका रोगी फेला परेका छन् । ३ हजार २ सय ५ जनाको रक्त परीक्षणपछि एक हजार ७० जना बिरामी फेला परेका हुन । साउनको पहिलो साताबाट हेटौंडामा डेंगुका रोगी देखा परेका थिए । करिब ६० दिनको बीचमा झन्डै ११ सय रोगी फेला परेका छन् ।

मकवानपुरमा १०७० लाई डेंगु

हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डेंगुका रोगी अहिले चिकित्सकहरूसँग सल्लाह गरेर मात्र उपचार गर्ने गरेका छन्, आत्तिन पनि छाडेका छन् ।’ उनी पनि सुरुमा डेंगुबाट संक्रमित भएका थिए ।


हेटौडाका डेंगु संक्रमितहरू रगत परीक्षण गराएर चिकित्सकको सल्लाह लिएर घरमा नै बसेर उपचार गराइरहेका छन् । अस्पतालहरूमा बेड अभाव छ । अस्पताल भवनको प्यासेज र भुइँमा बिरामीको उपचार गराइरहेका छन् । ‘डेंगु नियन्त्रण गर्न घरपरिवार, टोल, समाज नै सक्रिय हुनुपर्छ,’ हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले भने, ‘सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगै घरपरिवार, टोल र समाज सक्रिय नभएसम्म डेंगु नियन्त्रण गर्न सकिन्न ।’


गाउँपालिकाद्वारा तीन हजार

मकवानपुरका दुई गाउँपालिकाले डेंगुका रोगीलाई उपचारका निम्ति ३ हजार रुपैयाँ दिने भएको छ । मनहरी गाउँपालिकाले रगत परीक्षणपश्चात् डेंगु प्रमाणित गरी गाउँपालिकामा आएमा उपचारका लागि गापाले तीन हजार रुपैयाँ दिने भएको छ । यसैगरी, राक्सिराङ गाउँपालिका डेंगु रोग भएको शंका लागेर मनहरी, हेटौंडा र चितवन जानुपर्ने व्यक्तिलाई खाना लागि तीन हजार रुपैयाँ उपलब्ध गराउने गापा अध्यक्ष राजकुमार मल्लले बताए । उक्त गापामा चार वटा स्वास्थ्य चौकी मात्र छन् । गाउँपालिकाले स्वास्थ्य चौकीका डेंगु पहिचान गर्न सजिलो होस् भनेर ३०/३० थान डेंगु परीक्षण किट उपलब्ध गराएको छ ।


प्रकाशित : आश्विन १, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?