कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराएकी बालिका मृत फेला

रमेशकुमार पौडेल

चितवन — घरबाटै हराएकी ६ वर्षीया बालिका शनिबार बिहान नहरमा मृत फेला परेकी छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–५ कैलाशनगर बस्ने नारायण कार्कीकी छोरी स्मृति बिहीबार रातिदेखि हराएकी थिइन्

उनको शव शनिबार बिहान घरदेखि दुई सय मिटर पर नहरको कल्भर्ट तल फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।


राति खाना खाएर आमा सपु कार्की भान्साको काममा लागेका बेलामा बालिका हराएकी थिइन् । प्रहरीले त्यसै रातदेखि खोजी सुरु गरेको डिएसपी शाहले बताए ।


बालिकाको आज दिउँसो भरतपुर अस्पतालमा पोष्टमार्टम हुने उनले जानकारी दिए । ‘हामी अनुसन्धानमा नै छौं । अन्य सम्भावित कारणहरुको पनि हामीले विश्लेषण गरिरहेका छौं,’ डिएसपी शाहले भने । कैलाश नगरको नारायणी लिफ्ट नहरकै आडमा उनको घर छ ।

प्रकाशित : भाद्र २१, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?