कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री–जर्मन राजदूत वार्ता

मकवानपुर — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र जर्मनीका राजदूत रोलान्ड सेफरबीच बिहीबार हेटौंडामा भेटवार्ता भएको छ । जर्मनी सरकार र प्रदेश—३ सरकारबीच प्राविधिक शिक्षाको विषयमा विशेष छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री–जर्मन राजदूत वार्ता

प्रदेश सरकारसँग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदूत सेफरले बताएका थिए ।


भेटघाटको क्रममा मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षामा सहयोग गर्न आग्रह गरेका थिए । ‘अहिलेको युग प्राविधिक शिक्षाको युग हो । त्यसकारण हाम्रो प्रदेश प्राविधिक शिक्षामार्फत सम्भावना खोजी रहेको छ,’ पौडेलले भने, ‘प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियानका साथ अगाडि बढिरहेको छ ।’


राजदूत सेफरले जर्मनीले प्राविधिक शिक्षालाई बिस्तार गरिरहेको जानकारी गराउँदै आवश्यक सहयोगका लागि सदैव तयार रहेको जानकारी गराएका थिए । ‘प्रदेश सरकारको प्राथमिकताअनुसार सहकार्य गर्न हामी तयार रहेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?