कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा बृहत् खानेपानी आयोजना सुरु

मकवानपुर — करिब १६ करोड रुपैयाँ लगानीमा हेटौंडामा बृहत् खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन निकास आयोजनाको ७० प्रतिशत र हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र उपमहानगरपालिकाको ३० प्रतिशत सहलगानीमा मंगलबार निर्माण कार्य सुरु भएको हो ।

करिब दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको आयोजना प्रमुख नन्दलाल बञ्जाडेले जनाए । उनका अनुसार हेटौंडा–१०, टीसीएनमा पानी ट्यांकी र डिप बोरिङ, हेटौंडा–५ रुद्रेश्वर, हेटौंडा–२ हरिकुञ्ज रोड र हेटौंडा–१५ भोर्लेमा ओभर ग्राउन्ड ट्यांकी निर्माण गरिने छ । हेटौंडा उपमहानगरपालिका ७, ८ र १० मा गरी चार वटा डिप बोरिङ गरिने छ । खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका कार्यकारी निर्देशक सुदर्शन ढकालका अनुसार चार स्थानको पानी ट्यांकीमा एकपटकमा करिब १९ लाख ५० हजार लिटर पानी जम्मा गर्न सकिन्छ । चारवटा डिप बोरिङबाट २५ लाख लिटर पानी उत्पादन हुने छ । ‘दैनिक हामी करिब सात/घण्टा पानी वितरण गरिरहेको छौं । अब भौतिक पूर्वाधारको विकास बढेसँगै हामी पानी वितरण गर्ने समय अझै बढाउने छौं ’ बोर्डका प्रमुख ढकालले भने । उनका अनुसार करिब १७ हजार एक सय ६१ जना ग्राहकले हाल बोर्डबाट सेवा लिइरहेका छन् ।


प्रकाशित : भाद्र ४, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?