कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार पुडासैनी मृत फेला

कान्तिपुर संवाददाता

चितवन — काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी नारायणगढको एक होटलमा मृत फेला परेका छन् । पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा आत्महत्या गरेको देखिए पनि थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

माउन्टेन टीभीमा कार्यरत पुडासैनी सोमबार दिउँसो चितवन आएर नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा बसेका थिए । राति होटलका कर्मचारीले खाना खान बोलाउन जाँदा ढोका नखुलेपछि प्रहरीको रोहबरमा ढोका खोलेको होटल सञ्चालक यज्ञबहादुर कार्कीले बताए । ‘सादा खान बनाएर कोठामा नै ल्याउनुहोला भन्नुभएको थियो । खान पुर्‍याउन जाँदा ढोका खुलेन,’ उनले भने ।


शव पोस्टमार्टमपछि नै सत्यतथ्य प्रस्ट हुने डीएसपी कोइरालाले बताए । परिवारका सदस्यले मृत्युको सम्बन्धमा आशंका जनाएका छन् । उनीहरूले हत्या पनि भएको हुन सक्ने भन्दै विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित : श्रावण २१, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?