चन्द समूहका तीन नेता पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका तीन नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले बत्तीसपुतलीको एक घरबाट पार्टीका केन्द्रीय सदस्य रहेका डम्बर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङलाई पक्राउ गरेको हो । 


उमा यसअघि तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेको बुझिएको छ। महाशाखाको एसएसपी सहकुल थापाले तीनैजना पक्राउ परेको र उनीहरुमाथि अभद्र व्यवहार प्रर्दशनमा मुद्दा चलाउने तयारी भइरहेको बताए।

प्रकाशित : श्रावण २१, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस नेता सिंह अस्पताल भर्ना

रासस

काठमाडौँ — नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए ।

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछिउनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्