कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — आइतबार काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ९९ प ३३०७ नम्बरको स्कुटरले सोही दिशाबाट आइरहेको बा ६ ख ७३१५ नम्बरको ट्रकलाई बनेपा–१० भैंसेपाटीमा ओभरटेक गर्ने क्रममा पछाडिको भाग ठोक्किँदा स्कुटरमा सवार अन्दाजी २५/३० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु

सोही घटनामा गम्भीर अर्का घाइतेको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


काठमाडौंबाट बर्दिबास जाँदै गरेको ना ६२ प ७३१६ नम्बरको मोटरसाइकल रोशी –८ गिम्दीवेशीमा अनियन्त्रित हुँदा चालक नेपाली सेनाको कालिसिद्धी गण बर्दिवासमा कार्यरत अमलदार धादिङका भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।


आइतबार नै बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५७ प ९५६९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको बा १७ च ८११२ नम्बरको स्करपियोमा ठक्कर खाँदा मोटरसाइकल चालक बनेपा–१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । घाइते सोही स्थानका २६ वर्षीय रविन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १९, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?