करेन्टले १ को मृत्यु, १ जना घाइते

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाको घुम्थाङ घलंसाको खम्बाबाट छुटिएको तार जोड्न खोज्दा हाइभोल्टेज करेन्टले १ जनाको घटनास्थलमै ज्यान गएको छ । खम्बा चडेर लाइन जोड्न खोज्दा बलेफी गाउँपालिका ३ धुस्कोटका नरबहादुर तामाङ (माइला) को मृत्यु भएको हो । सख्त घाइते धुस्कोटकै ४५ वर्षका निरबहादुर तामाङलाई हेलिकप्टरद्वारा उद्धार गरी टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

नमुना पर्यटकीयस्थलअर्न्तगत बाह्रबिसे नगरपालिका घुम्थाङमा विश्वकै ३१ फिट अग्लो ओमपार्क निर्माण हुँदैछ । १३ करोडको लागतमा बन्न लागेको ओमपार्क वरिपरिको देवीदेवताको संरचना, धनलक्ष्मी गुफामाथि मन्दिर बनाउनेजस्ता ओमपार्क नेपालको कर्मचारीको रुपमा १९ वर्षका माइला कार्यरत थिए ।

विद्युत प्राधिकरणले लाइन अफ गरेको भन्दै गरेको हेलचेक्र्याइँले घटना भएको भन्दै स्थानीय आक्रोशित छन् । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख नानीबाबु थापाले भने प्राधिकरणको कर्मचारीबाट यस्तो नभएको दाबी गर्दै सहजीकरण, क्षतिपूर्तिको प्रक्रियामा लाग्ने बताए ।


प्रकाशित : श्रावण १९, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

रुबी भ्यालीमा आजभोलि...

कान्तिपुर संवाददाता

काठमाडौँ — आजभोलि गाउँघरमा के भइरहेको छ ? युवा मनोविज्ञान समेट्दै जयविर तामाङले गीत गाएका छन् । पवनवाङ लामाको संगीत रहेको गीत ‘आजभोलि...’ माथि नरमान तामाङ (रबिन)ले बनाएको म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक गरियो । गणेश हिमालको फेद रुबी भ्यालीमा सुटिङ गरिएको भिडियोमा ग्रामीण जीवनशैली, सांस्कृतिक र प्राकृतिक सम्पदा समेटिएको छ । 

मनबहादुर तामाङ र पुर्णिमा तामाङले अभिनय गरेको भिडियोको छायांकन प्रकाश वाईबा तामाङलेगरेका छन् । भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै खानियाबास गाउँपालिकाको झार्लाङको मनमोहन दृष्यहरु पनि समेटिएको छ । असार–साउनमा गाउँघरमा हुने पर्म, कोदो रुप्ने र बिउ बोक्ने चलनसँगै साँझ परेपछी युवा–युवती जम्मा भएर दोहारी खेल्ने संस्कृति समेटिएको छ ।

‘अहिले गाउँघरमा यस्तो चलन हराउँदै गएको हुनाले रुबी भ्यालीको सेर्तुङ गाउँमै पुगेर खिचेका हौं’, छायांकार वाइबाले भने, ‘यो गाउँमा साँझपख युवतीहरु एकअर्काको घरमा पालैपालो जाँतोमा अन्न पिन्न जाने चलन छ । यस्तो बेला स्थानिय तामाङ लोकगीत साईखोले र म्हेन्दोमाया गाउने गरिन्छ ।’ भिडियोमा संस्कृतिको झलक र चाल चलन देखाए पनि गीत भने आधुनिक शैलीको छ ।



प्रकाशित : श्रावण १९, २०७६ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्