कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अज्ञात समूहद्वारा ककनी गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा बम प्रहार

नुवाकोट र रसुवा यातायात बन्द 
कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिका वडा नम्बर १ कागतीगाउँमा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । प्रहरीका अनुसार ४/५ जनाको समूहमा आएका व्यक्तिले कार्यालयमा आएर पेट्रोल बम प्रहार गरेका थिए । 

पेट्रोल बम प्रहार पछि कार्यालयका दुईवटा कोठामा रहेको दुई वटा कम्प्युटर, कागजपत्र, फर्निचर, चार थान पंखा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी राजेश थापाले बताए । बम प्रहरपछि उनीहरु भागेका थिए ।


आगलागी भएपछि स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याएका थिए । फरार रहेको अज्ञात समूहको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।


नेत्रविक्रम चन्द समूहले बुधबार आव्हान गरेको बागमती र नारायणी बन्दले नुवाकोट र रसुवा जिल्ला प्रभावित भएको छ ।


बन्दका कारण लामो र छोटो दूरीका सवारी संचालनमा आएका छैनन् । जिल्लाका अधिकांश शैक्षिक संस्था र पसलहरु बन्द रहेपनि सदरमुकाम क्षेत्रमा आंशिक रुपमा खुल्ला छ । एम्बुलेन्सहरु, पानीका ट्यांकर चलेका छन् ।


बन्दले नदीबाट बालुवा झिक्नेलाई मौका परेको छ । चन्द समूहका केन्द्रिय सदस्य एवं उपत्यकाब्युरो इन्चार्ज र जनसंस्कृतिकर्मी माइला लामाको गिरफ्तारी गरेकोपछि रिहाईको माग गर्दै उक्त समूहले बन्द गरेको छ ।


प्रकाशित : श्रावण १५, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?