कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्ग एकतर्फी खुल्यो

नगेन्द्र अधिकारी

काभ्रे — शनिबार दिउँसोभरीको प्रयासपछि बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्ड एकतर्फी खुलाइएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रे माफर्त ५ वटा डोजर र  सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास आयोजनाका २ वटा डोजरले राजमार्गमा खसेको लेदो र पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । 

रोशी गाउँपालिकाको मंगलटारमा खहरे खोलाले पुरेको बा१६प ३५४९ नम्बरको कार पनि प्रहरीको सहयोगमा निकालिएको थियो । कालढुंगाको भ्याकुरे र माम्ती खोलामा पानीको सतह बढेका कारण साना सवारी साधनलाई ओहोरदोहोर गर्न केही असहज भएपनि ठूला सवारीसाधन चल्न थालेको सापकोटाले जानकारी दिए ।


अरनिको राजमार्ग भने नियमित सञ्चालनमा छ । जिल्लाका ग्रामिण भेगको यातायात भने पूर्ण रुपमा ठप्प छ ।

यसैबीच रोशी-११ स्थित भिमेश्वर स्कुलको ग्याविन बाल भत्कँदा नजिकै टहरामा सुतिरहेकी ६५ वर्षीया कृष्णदेवी रायमाझीको मृत्यु भएको छ । परिवारका अन्य सदस्य अर्को घरमा भएकोले बाँचेका छन् । सुरक्षित हुने भन्दै उनी घर भन्दा ५०० मिटर दुरीमा रहेको टहरामा सुत्दै आएकी थिइन् ।


प्रकाशित : असार २८, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले घर पुरिँदा २ को मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनामा परी उनकी बुहारी ३० वर्षीय सुशीला र नातिनी ३ महिनाकी अनुस्का दंगाल घाइते भएका छन् । घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । छिमेकी दिवाकर दाहालका अनुसार, करिव २५ मिटर खसेको पहिरोले कच्ची घर बगाएको थियो । भूकम्पले चर्किएको घर पहिरोको समेत जोखिममा थियो ।

प्रकाशित : असार २७, २०७६ १३:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×