कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरको करोडपति योजना उत्साहजनक

सिन्धुपाल्चोक — जिल्लाको सदरमुकाम चौतारा हुँदै प्रमुख बजारभर भित्रिएको कान्तिपुरको करोडपति सिजन–३ ग्राहक योजना उत्साहजनक देखिएको छ । काभ्रेको दोलालघाट हुँदै अरनिको राजमार्गको प्रमुख बजार बलेफी, जलबिरे, लामोसाँघु, खाडीचौर, बाह्रबिसेसम्म पुगेको कान्तिपुर टिमले अहिले ग्राहक थपेको छ । 

कान्तिपुरको करोडपति योजना उत्साहजनक

‘जिल्लाभर स्थलगत पुग्दा ग्राहकको संख्या उत्साही ढंगले बढेको पायौँ, कान्तिपुर ग्राहक योजनाप्रति ग्राहक उत्सुक छन्, ’ स्थलगत रूपमा खटिरहेको कान्तिपुर टिमका लिडर वितरणा विभागका सहायक प्रबन्धक किशोर बस्नेतले भने । जिल्लाव्यापी रूपमा ल्याइएको कान्तिपुर करोडपति सिजन–३ ग्राहक योजनाबारे जानकारी दिँदै घरदैलो पुगिरहेको उनले सुनाए ।


बस्नेतले बजारभर ग्राहक बन्नेको संख्या पहिलेभन्दा बढेको बताए । ग्राहक योजनाअन्तर्गत ग्राहक बन्नेबित्तिकै स्क्यार्च कार्डमार्फत नगद दुई सयदेखि २५ सयसम्मको छुट पाउने छन् । मोबाइल, स्मार्टवाच, स्पिकर, वायरलेस हेडफोन, टीभी ल्यापटपलगायत सामान उपहार ग्राहक योजनाको कार्डमा छ ।


‘लक्की ड्रमार्फत हरेक हप्ता एक लाख, हरेक महिना दस लाख र बम्परमा एक करोड उपहार पाउने छन्,’ उनले भने । कान्तिपुरको करोडपति सिजन–३ को टिमले कान्तिपुर ग्राहकबारे अन्य ग्राहक बनेपछि पाउने उपहारबारे जानकारी दिएको उनले प्रस्ट्याए ।

प्रकाशित : असार ८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?