सडक खन्ने क्रममा पहिरोले २ जना पुरिए

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका—८ ठुलो टोडकेमा डोजरले सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर दुईजना पुरिएका छन् । डोजरको आधी भाग पनि पुरिएको छ ।

सिलाधुनीबाट ठुलो टोडके पुग्ने कृषि सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर डोजरको सहायक चालकद्वय २३ वर्षीय सन्दिप श्रेष्ठ र १७ वर्षीय रोशन वुढाथोकी पुरिएका छन् । डोजरको ब्रेक्ररको भाग पुरिएको छ, तर चालक भने सुरक्षि रहेका छन् ।

‘ब्रेक्ररले थाहा पहरा फोड्ने क्रममा एक्कासी माथिबाट ठुलो पहिरो खसेको हो,’ स्थानीय हस्तबहादुर मोक्तानले भने, ‘ब्रेक्रर नजिकै रहेका श्रेष्ठ र बुढाथोकीलाई माथिबाट आएको पहिरोले पुर्‍यो ।’ अहिलेसम्म उनीहरुलाई पहिरोबाट उद्धार गर्न सकिएको छैन । गाउँलेहरुले इप्रका मनहरीलाई खबर गरेका छन् ।

प्रहरी निरिक्षकको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । मनहरीबाट घटनास्थल पुग्न हलुका सवारी साधनमा करिब ३ घन्टा लाग्छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओली पेरिसमा

रेल चढेर पेरिस पुगेका थिए ओली
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छन् ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल

पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले आजै फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गर्नुभएको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे । बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सरिक भएका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्