कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्न गएका किशोर मृत फेला

नुवाकोट — पौडी खेल्न गएका पञ्चकन्या गाउँपालिका १ का एक किशोर चार दिनपछि मृत फेला परेका छन् । विदूर नगरपालिका ५ तादी खोलामा बिहीबार पौडी खेल्न गएका १६ वर्षीय रामचन्द्र श्रेष्ठको आइतबार दिउँसो धादिङको गजुरी गाउँपालिका ३ खहरे नजिक त्रिशूली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

उनको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । उनीसँगै विनपा ५ का २१ वर्षीय विकास कुश्वार पनि पौडी खेल्न गएका थिए । श्रेष्ठ खोलाले बगाएर बेपत्ता थिए भने कुश्वारलाई नजिकै स्थानीयले तत्काल उद्धार गरेका थिए ।


यस्तै ककनी गाउँपालिका २ स्थित खहरे खोलामा पौडी खेल्दा एक किशोर आइतबार बेहोस भएका छन् । स्थानीय ११ वर्षीय सरोज तामाङ खोलामा पौडी खेल्दा अचेत भएका प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि काठमाडौं लगिएको छ ।



प्रकाशित : जेष्ठ २६, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?