कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी आवास निर्माणमा ५ अर्ब ६१ करोड

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा २०७२ को भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा हालसम्म ५ अर्ब ६१ करोड ७ लाख रुपैयाँ खर्च भएको छ ।

निजी आवास निर्माणमा ५ अर्ब ६१ करोड

चालू आवमा मात्रै जिल्लामा निजी आवासतर्फ १ अर्ब ३४ करोड १७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख सोमराज तिमल्सिनाले बिहीबार बसेको जिल्ला सहजीकरण समिति बैठकमा हालसम्म निजी आवासमा उक्त रकम खर्च भएको जानकारी दिएका हुन् ।

यसैगरी शिक्षातर्फ विद्यालय भवन निर्माणका लागि चालू आव ०७५/७६ मा २७ करोड रकम प्राप्त भएकोमध्ये हालसम्म करिब ६० प्रतिशत रकम खर्च भइसकेको छ ।

प्रमुख तिमल्सिनाका अनुसार जिल्लामा कुल ९० हजार ९ सय ९४ भूकम्प प्रभावित परिवारको सर्वेक्षण गरिएकामा हालसम्म निजी आवासतर्फ ३४ हजार २ सय ७८ लाभग्राही पहिचान भएका छन् । जसमध्ये २७ हजार ५ सय ५३ जनासँग अनुदान सम्झौता भएको छ । अझै ६ हजार ५ सय ५६ लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी छ ।

जिल्लामा चैत २० सम्ममा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही २६ हजार ८ सय ८०, दोस्रो किस्ता प्राप्त गर्ने १९ हजार ८ सय ३५ तथा तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीको संख्या १३ हजार ९ सय ४० छ ।

यसैगरी, जिल्लामा हालसम्म यो महिनामा पहिचान भएका ६ सय ४३ सहित १२ हजार ६ सय ४३ भूकम्प प्रभावित लाभग्राही प्रवलीकरणका लागि पहिचान भएका छन् ।

जसमध्ये ५ हजार ९ सय १२ सँग अनुदान सम्झौता भएको र ६ हजार १ सय २८ जनासँग सम्झौता हुन बाँकी रहेको छ प्रवलीकरणतर्फ पहिलो किस्ता प्राप्त गर्ने भूकम्प प्रभावित लाभग्राहीको संख्या ५ हजार ५ सय ६६ छ । जिल्लामा दर्ता भएका २३ हजार ९ सय ६१ गुनासोमध्ये सबैको गुनासो फर्स्योट भइसकेको छ । । तिम्लसिनाका अनुसार जिल्लामा हालसम्म १३ लाभग्राहीले अनुदान रकम फिर्ता गरेका छन् ।

बस्ती विकासतर्फ मकवानपुरमा जोखिमयुक्त घरधुरीको संख्या यो महिनामा १ जना थप भएर २५ को पहिचान भएको छ । पहिचान भएकामध्ये हालसम्म २० जनाले अन्यत्र जग्गा खरिद गरी स्थानान्तरण भइसकेका छन् ।

जिल्लामा १ हजार ६ सय २५ भूमिहीन लाभग्राहीले जग्गा खरिदका लागि निवेदन दिएकोमा १ सय ३८ जनालाई जग्गा खरिदका लागि स्वीकृति प्राप्त भएको कार्यालय प्रमुख तिमल्सिनाले बताए । जिल्लामा हालसम्म २६ जोखिमयुक्त घरधुरी पहिचान गरिएको छ ।

११ हजार ६ सय ८५ निजी भवन निर्माण

भूकम्पबाट क्षतिग्रस्त मकवानपुरका करिब ४४ प्रतिशत निजी आवास भवन पुनर्निर्माण गरिएको छ । मकवानपुरमा हालसम्म अनुदान सम्झौता भएका २७ हजार ५ सय ५३ लाभग्राहीमध्ये हालसम्म ११ हजार ६ सय

८५ लाभग्राहीले निजी भवन निर्माण गरिसकेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजीकरण समितिको हरेक महिना बैठक बस्ने तथा निजी आवास पुनर्निर्माणमा आइपरेका समस्या समाधानमा सहजीकरण गर्दै स्थानीय तहसँगको समन्वयका कारण पनि अन्य जिल्लाको तुलनामा मकवानपुरमा निजी आवास पुनर्निर्माणको प्रगति राम्रो भएको दाबी गरिएको छ ।

निजी आवास पुनर्निर्माण कार्य यसै आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने प्राधिकरणको लक्ष्यअनुसार मकवानपुरमा द्रूत गतिमा काम अगाडि बढिरहेको इन्जिनियर रविन पाठकले बताए ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?