कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा गाडी दुर्घटना, चालकको मृत्यु, ५ घाइते

कृष्ण थापा

नुवाकोट — पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
बा ३ च ५७११ नम्बरको गाडी तादी गाउँपालिका सातविसेबाट आरुखर्क जाने क्रममा थप्रेकमा मंगलबार साँझ ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

नुवाकोटमा गाडी दुर्घटना, चालकको मृत्यु, ५ घाइते

घटनास्थलमा मृत्यु भएका चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईजना गम्भीर र तीन जना सामान्य घाइते भएका छन् ।


घाइतेहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ ।

प्रकाशित : माघ २२, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?