कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या

अजित तिवारी

जनकपुर — बियर खाएर साथीबीच विवाद चुलिएपछि धनुषामा एक युवाको हत्या भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या

उनको साथीले बुधबार राति साढे १० बजे चक्कुले घाँटी रेटेको धनुषाका डीएसपी रञ्जन अवाले बताए । घटनामा संग्लन आरोपमा प्रहरीले सोही ठाउँ बस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ छन् । ‘रोजा सकेर तीनैजना बियर खान गएछन् । फर्किने बेला बियरको पैसा तिर्ने विषयमा विवाद भयो । मोबाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद भएको थियो । एउटाले चक्कु निकालेर घाँटी रेटिदिएछन्,’ धनुषा प्रहरीका डीएसपी अवाले भने ।

गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि भारतको जयनगर लगेको थियो । उपचारका क्रममा बुधबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपी दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अवाले बताए ।

प्रकाशित : चैत्र ८, २०८० १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×