कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनविरुद्ध राजविराजमा जसपाको प्रदर्शन

अवधेशकुमार झा

राजविराज — प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी सप्तरीले बुधबार राजविराजमा प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जासपाको जुलुस राजविराजका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध राजविराजमा जसपाको प्रदर्शन

उनीहरूले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक चरित्र देखाएको तथा जनताको निर्वाचित संसद्लाई जबर्जस्ती विगठन गरेको आरोप लगाए । प्रदर्शनपछि राजविराजको नेता चोकमा आयोजित कोणसभामा जासपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यद्वय मृगेन्द्रकुमार सिंह यादव र रेणु यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भू यादव, केन्द्रीय सदस्य अमरकान्त झा, विश्वेश्वर रजक, नेताहरु विकास तिवारी, रामप्रित यादव, मीरा यादव, शिवम् यादव र शम्भु कुमार यादवलगायतका वक्ताहरूले बोलेका थिए ।

प्रकाशित : पुस ८, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?