कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्‍नपूर्ण चिनी उद्योग सञ्‍चालकलाई स्थानीय प्रशासनको पक्राउ पुर्जी

ओमप्रकाश ठाकुर

सर्लाही — किसानसँग खरिद गरेको उखुको भुक्तानी बाँकी राखेको सर्लाहीस्थित अन्‍नपूर्ण चिनी उद्योगको सञ्चालक राकेश अग्रवाललाई जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । 

अन्‍नपूर्ण चिनी उद्योग सञ्‍चालकलाई स्थानीय प्रशासनको पक्राउ पुर्जी

चार वर्षदेखि किसानसँग खरिद गरेको उखुको भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । गृह मन्त्रालयको निर्देशन र किसानले भुक्तानीका लागि स्थानीय प्रशासनसमक्ष लिखित उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘किसानले दिएको उजुरीका आधारमा अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ,’ उनले भने, ‘वर्षौदेखि किसानको १७ करोड रुपैयाँ बाँकी राखेको छ ।’ मंगलबार किसानले स्थानीय प्रशासन समक्ष उजुरी दिएपछि बुधबार पक्राउ पुर्जी जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका सयौं किसानको चार वर्षदेखिको १७ करोड रुपैयाँ भुक्तानी बाँकी राखेका अग्रवालले भुक्तानी दिने भनेर पटक–पटक सहमति गरेपनि किसानले रकम पाएका छैनन् । उखुको भुक्तानी नपाएर आजित बनेका किसानहरुले केही दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा निरन्तर धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : पुस २, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?