कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा बाबु पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिपुरमा ६ वर्षीया छोरीलाई बाबुले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । भारतको मुजफ्फरपुर घर भई ससुराली हरिपुर नगरपालिका–६ लक्ष्मीपुर, कोद्राहामा बस्दै आएका ३५ वर्षीय पुरुषले छाेरीलाई पटकपटक बलात्कार गरेकाे खुलेकाे हो ।

बलात्कार आरोपमा बाबु पक्राउ

पतिले मंसिर १२ गते राति इँटा उद्योगको परिसरमा रहेको झुपडीमा सुतिरहेका बेला छोरीलाई बाहिर लगेर बलात्कार गरेको भन्दै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय हरिपुरमा मौखिक उजुरी गरेकी थिइन् । त्यही सूचनाका आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

अनुसन्धानका क्रममा तीन साता अघि पनि ती पुरुषले छोरीलाई करणी गरेको पाइएको प्रहरीले जनाएको छ । अभियुक्तका दुई छोरा र एक छोरी छन् । प्रहरीले बालिकासँगै ती व्यक्तिको पनि स्वास्थ्य परीक्षण गराइसकेको छ ।

प्रकाशित : मंसिर १८, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?