कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका हत्या प्रकरण : छानबिन समिति जनकपुरमा

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास १४ की ६ वर्षीया बालिका गुलाबसा खातुनको हत्या र बुद्धिराज न्यौपाने (सञ्‍जय) को मृत्यु घटना छानबिन गर्न गठित समिति जनकपुर आइपुगेको छ ।

बालिका हत्या प्रकरण : छानबिन समिति जनकपुरमा

बलात्कारपछि हत्या भएकी बालिकाको न्यायको माग्दै भएको प्रदर्शनमा प्रहरी गोली लागी उपचारका क्रममा न्यौपानेको ज्यान गएको घटना छानबिन गर्न समिति प्रदेश २ मा आइपुगेको हो । मंसिर ११ गते गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाएको थियो । छानबिन समिति मंगलबार जनकपुर आइपुगेको र बुधबार महोत्तरीको घटनास्थलमा पुग्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

प्रदेश प्रहरीका एसपीसहित अनुसन्धानका उपअनुसन्धान निर्देशक र मन्त्रालयका उपसचिवबीच घटनाका विषयमा जनकपुरमा छलफल भएको कटुवालले जानकारी दिए ।

दुई प्रहरी जिल्ला तानिए

प्रहरी पनि बालिका हत्या प्रकरणमा जोडिएको आरोप स्थानीयले लगाएपछि बर्दिवासका दुई प्रहरी जिल्ला तानिएका छन् । ईलाका प्रहरी कार्यालयका प्रहरी हल्दार फूलगेन मण्डल र वीरेन्द्र सिंहलाई घटना अनुसन्धानकै क्रममा जिल्ला पुर्‍याइएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईंले जानकारी दिए ।

हत्या प्रकरणमा पक्राउ परेका अरुणकुमार साहसँग दुई प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोपपछि उनीहरु जिल्ला तानिएका हुन् । अहिले जिल्लामै उनीहरुमाथि अनुसन्धान भइरहेको र थप अनुसन्धान गर्न आवश्यक परेमा प्रदेश र केन्द्रले माथि तान्न सक्ने चापागाईंले बताए ।

प्रकाशित : मंसिर १६, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?