कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलबजारका दुई पसलमा आगलागी

रासस

लहान — सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजारसहित कपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

पसलका सबै सटर बन्द थिए । विद्युत् चुहिइ आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि एकिन हुन नसकेको प्रहरीले जनाएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए ।

प्रकाशित : मंसिर १६, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?