कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुजारी हत्याका २ जना आरोपी पुर्पक्षका लागि जेल चलान

शिव पुरी

रौतहट — रौतहटको माधवनारायण नगरपालिका–२ खेसरैयामा पुजारी श्रीराम साहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षको  लागि कारागार चलानको आदेश गरेको छ ।

पुजारी हत्याका २ जना आरोपी पुर्पक्षका लागि जेल चलान

देवाही गोनाही नगरपालिका–१ करुनीयाका रामनरेश पटेल र जयनारायण राउत पटेललाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।

गत भदौ १७ गते पक्राउ परेका दुवै उपर अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालय रौतहटमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले दुवैलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको हो ।

हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीरामको गत भदौ ३ गते राति करिब ९ बजे पूजा गरेर खान बसेको बेला गोली हानी हत्या गरेका थिए । हत्यापछि पटेलद्वय फरार थिए ।

प्रकाशित : कार्तिक २०, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?