कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको भन्दै सप्तरी कांग्रेसद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ

अवधेशकुमार झा

राजविराज — नेपाली कांग्रेस सप्तरीले आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ ।

आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको भन्दै सप्तरी कांग्रेसद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ

कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर प्रहरीले फसाइरहेको आरोप लगाउँदै सप्तरी कांग्रेसका कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रहरी कार्यालय घेराउ गरेको हो ।

राजनीतिक पूर्वाग्रहले प्रेरित भइ प्रहरीले कांग्रेसीलाई विभिन्न बहानामा झुठा मुद्दा लगाएर फसाउने काम गरेकाले स्थानीय प्रशासनको विरोधमा उत्रनु परेको नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले बताए ।


सभापति यादवको नेतृत्वको जुलुस बिहीबार राजविराज नगर परिक्रमा गर्दे सप्तरी प्रहरी विरुद्ध चर्को नाराबाजी गरेको थियो ।

बिहीबार नै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै सप्तरी कांग्रेसले प्रहरीले सत्यतथ्य छानबिन नै नगरी सामाजिक सन्तुलन बिग्रने कार्य गरिरहेको आरोप लगाएको छ । कांग्रेस कार्यकर्ताहरुलाई सिद्धयाउने गरी झुठा मुद्दा दर्ता गरिरहेको आरोप कांग्रेसले लगाएको छ । आफ्ना कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा तत्काल खारेज गर्न समेत कांग्रेसले माग गरेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?