कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

शिव पुरी

रौतहट — डेढ साताअघि रौतहटको बृन्दावन नगरपालिका-४ मा एक बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । 

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

गढिमाई नगरपालिका १ समनपुर घर भएकी १४ वर्षीया बालिका सन्जाकुमारी साहको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ४५वर्षीय चुनु साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

असोज १६ गते घर नजिकैको उखुबारीमा घाँस लिन गएकी बालिकालाई गाउँकै ४५ वर्षीय चुनु साहले बलात्कार गरेका थिए । बालिकाले अभिभावकलाई भन्ने डरले चुनुले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

‘बालिकालाई सुरुमा फकाए छ । त्यसपछि बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने,‘घट्ना सार्वजनिक हुने डरले बालिकाको हत्या गरेको रहेछ ।’

बालिकाको हत्या गरी साह फरार थिए । बालीका वृन्दावन नगरपालिका-४ पलटुवास्थित मामा बैनाथी साहको घरमा बस्दै आएकी थिइन् । स्थानिय होसनारायण यादवको उखु खेतमा सन्जालाई मृत अवस्थामा गाउँकै बालक अखिलेश यादवले देखेर गाउँलेलाई खबर गरेका थिए । घटनाको ६ दिनपछि चुनुलाई प्रहरीले पक्राउ गरेको थियो ।

बालिकालाई बलात्कार पछि हत्या गरेको चुनुले स्वीकारेको एसपी शाहले बताए ।

पक्राउ परेका साहलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?