कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठोरीमा प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ, ४ जना पक्राउ

भूषण यादव

वीरगन्ज — पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीस्थित ओरिया खोलाको बगरमा बुधबार राति प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ भएको छ ।

ठोरीमा प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ, ४ जना पक्राउ

हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार पक्राउ परेका ४ जना स्थानीय नै हुन् ।

उनीहरुबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउण्ड गोली र एक थान खुकुरी बरामद भएको इन्सपेक्टर साहले जनाए । उनका अनुसार लागूऔषध गाँजा आइरहेको सूचनाको आधारमा बगरमा प्रहरी खटाइएको थियो ।

प्रहरी टोलीलाई देखेर हतियारधारी समूहले फायरिङ गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउण्ड गोली चलाएको थियो । ‘चार जना हतियारधारी नियन्त्रणमा आएपनि गाँजा भने फेला परेन,’ इन्सपेक्टर साहले भने, ‘उनीहरु के प्रायोजनले आएका थिए, त्यसको अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : आश्विन २९, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?