कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरी प्रशासन कार्यालयको सेवा कटौती

कान्तिपुर संवाददाता

राजविराज — जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबारदेखि सेवा कटौती गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएकोले सेवाग्राहीमा फैलिन सक्ने भन्दै केही सेवाहरु तत्कालका लागि बन्द गरेको प्रशासन कार्यालले जनाएको छ ।

सप्तरी प्रशासन कार्यालयको सेवा कटौती

कार्यालयका १ जना कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ जना अझै उपचाररत छन् ।

प्रशासन कार्यालयले जारी सूचनाअनुसार नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता र नवीकरण, राहदानी वितरण, नाबालक परिचय पत्र वितरणलगायत सेवा प्रवाह हुने छैन । तर शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा सुनुवाइ र विपद व्यवस्थापनसम्बन्धी सेवा भने सञ्चालनमा रहने सूचनामा उल्लेख छ ।

प्रकाशित : आश्विन २८, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?