कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीका प्रजिअलाई कोरोना संक्रमण

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासनका ७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका प्रजिअलाई कोरोना संक्रमण

प्रजिअ सुरेन्द्र पौडेलसहित अन्य कर्मचारीमा कोरोना देखिएपछि आइतबारदेखि ६ दिनसम्मका लागि प्रशासनको सेवा बन्द गरिएको छ ।

प्रजिअ पौडेलसहित उनका सुरक्षा गार्ड, एक प्रशासकीय अधिकृत र अन्य तीन जना कर्मचारीको पीसीआर परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार प्रशासनका कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरु होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?