कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कृत किशोरीलाई प्रलोभन र धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइयो

सन्तोष सिंह

धनुषा — बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिएको आरोप लागेकालाई पक्राउ गर्न प्रहरी खटाइएको छ । पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

बलात्कृत किशोरीलाई प्रलोभन र धम्की दिनेलाई पक्राउ गर्न प्रहरी खटाइयो

धनुषा, सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुवा सत्यनरायण यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिँदै आएका छन् । गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुवा र आमालाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी खटाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४/१५ जना युवाले घेराउ गरेर किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न ८ जनालाई जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दा चलाएको छ ।

यो पनि

प्रकाशित : आश्विन ९, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?