कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकामा मंगलबार राति प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना साइकल यात्रुको मृत्यु भएको छ । घट्नामा परी अन्य दुई जना घाइते भएका छन् ।

पूर्व राजमार्ग अन्तर्गत चन्द्रपुर-४ स्थित धन्सार पुलमा भएको उक्त घटनामा रौतहट कटहरिया नगरपालिका-७ बगही टोलका ६० वर्षीय नथुनि महतोको मृत्यु भएको थियो । चितवनमा मजदुरी काम गर्दै आएका महतो साइकलमा घर आउँदै गर्दा धन्सारमा प्रहरीको गाडीले ठक्कर दिएको थियो ।

उनीसँगै आएका गाउँकै ४५ वर्षीया हसन्तरा खातुन र सर्लाही बलरा नगरपालिका ५ अर्नाह टोलका ५५ वर्षीय जगदिश महतो कोईरी घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । जगदिशलाई थप उपचारका लागि प्रहरीले वीरगन्ज पठाइको छ ।

२ नम्बर प्रदेश प्रहरी गण जनकपुरको ना १ ग ४७९ नम्बरको उक्त भ्यानले निजगढमा एक महिलालाई ठक्कर दिएर भाग्ने क्रममा साइकलमा घर आउँदै गरेका महतोलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । निजगढमा उक्त भ्यानले ठक्करबाट घाइते भएकी महिलाको अवस्था भने समान्य छ ।

प्रहरी भ्यानका चालक काठमाडौं दरबन्दी भइ २ नम्बर नम्बर प्रदेश प्रहरी गणमा काम गर्दै आएका प्रहरी हवल्दार सन्तबहादुर थापा रहेको डीएसपी हेमबहादुर शाहीले बताए ।

प्रकाशित : भाद्र २४, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?