कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

रौतहटमा युवक हत्यामा संलग्न ७ जना सार्वजनिक

शिव पुरी

रौतहट — रौतहटको जिंगडियामा ३ दिनअघि भएको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । युवकलाई मादक पदार्थ सेवन गराइ बन्धक बनाएर घाँटी रेटी हत्या गरेको खुलेको छ ।         

रौतहटमा युवक हत्यामा संलग्न ७ जना सार्वजनिक

गरुडा नगरपालिका–८ जिंगडिया टोलका निरन्जन रामको साउन ३१ गते धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । घटनापछि गरुडाका डीएसपी ज्ञानकुमार महतो घटनास्थल पुगेर संलग्नको खोजी गरेका थिए । सोही क्रममा रामको हत्यामा संलग्न गाउँकै शेख अजाद र मृतक निरन्जन रामबीचको सम्पर्कको आधारमा प्रहरीले हत्यारा पक्रन सफल भएको हो ।

डीएसपी महतोले पत्रकार सम्मेलन गरी मृतक रामको सम्पर्कमा रहेका आजादलाई पक्रेर अनुसन्धान थालेपछि हत्यामा संलग्न गाउँकै अजयकुमार रन्जन, विवेकराय यादव, अर्जुन राम, सिकिन्द्र पासवान, विजय महरा र राजाराम साह रहेको खुलेको हो । हत्यामा संलग्न सबैलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले घटना बारे अपराध स्वीकारेका छन् ।

नर्सरीमा काम गर्ने रामलाई आजादले फोन गरेर ‘पार्टीको आयोजना गरेका छौं तिमि आउनु पर्छ’ भनेर बोलाई हत्या गरेको डीएसपी महतोले बताए । राम काम गर्ने नर्सरीदेखि उत्तरतर्फ रहेको होटलबाट रक्सी, मासु किनेर पूर्वमा एक बगैंचामा साथीहरु बसेर मादक पदार्थ सेवन गराएर रामलाई गाउँ नजिकको खेतमा लगेर हत्या गरेका हुन् । उनीमाथि आजादकी बहिनीसित लसपस गरेको आरोप थियो । हत्याको कारण पनि त्यही भएको श्रोतको दाबी छ । मादक पदार्थले लठ्ठ बनेका राम बोल्न सक्ने अवस्थामा थिएनन् । ‘उनलाई पूर्व योजना अनुसार आदाजको समूह मिलेर बन्धक बनाइ घरबाट केही पर खेतमा लगेर त्यहा पानी जमेको पानीमा टाउको डुबाएर घाँटी रेटेको रहेछ,’ डीएसपी महतोले भने, ‘पक्राउ परेकाहरुले हत्या गर्नुको कारण र कसरी गरे भन्ने सबै भनिसकेका छन् ।’

घटना भएकै राति आजाद घरबाट पूर्व भाग्दै गर्दा पक्राउ परेपछि घटनामा संलग्न साथीहरुबारे बताएका थिए । त्यसपछि अन्य पक्राउ परे । प्रहरीले नर्सरी सञ्चालकलाई समेत अनुसन्धानको दायरामा राखेको छ ।

घटनास्थलबाट प्रहरीले रातो गुलाबी रंगको हाते झोला, लडेको अवस्थामा साइकल, म्याजिक चप्पल १ जोर, सिम कार्ड एक थान, रक्सीको खाली बोतल ५ थान, प्लास्टिकको गिलास, स्क्राच गरिएको रिचार्ज कार्ड बरामद गरेको थियो ।

प्रकाशित : भाद्र ५, २०७७ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?