२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रौतहटमा गोली हानी एकको हत्या

शिव पुरी

रौतहट — रौतहटमा बुधबार बेलुकी एक जनाको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका–२ खेसरैया बजारस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको हो । 

उनलाई अज्ञात समूहले बेलुकी साढे ९ बजे गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनायो । मन्दिरअगाडि खाना खाने क्रममा साहलाई अज्ञात समूहले कन्चटमा गोली हानी फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी रविराज खड्काले बताए । ‘हत्या गर्ने समूहको खोजी भइरहेको छ,’ उनले भने, ‘पुजारीको हत्या गर्नुपर्ने कारण खुलेको छैन ।’

साहको घटनास्थलमै ज्यान गएको थियो । घटनापछि प्रहरीले रातिदेखि नै नाकामा कडाइ गरी उक्त समूहको खोजी गरेको थियो ।

प्रकाशित : भाद्र ४, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?