१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा थपियो

अवधेशकुमार झा

राजविराज — स्थानीय प्रशासनले सप्तरीमा बुधबारदेखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउन जिल्ला सुरक्षा समितीले मंगलबार निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । 

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा थपियो

कोरोना भाइरसको जोखिम बढेसँगै स्थानीय प्रशासनले साउन ८ गतेदेखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको म्याद सकिनै लाग्दा स्थानीय प्रशासनले थप १३ दिनका लागि निषेधाज्ञा वढाउने निर्णय गरेको हो ।

यसैबीच सप्तरीमा मंगलबार एकै परिवारका ८ जनासहित एउटै नगरपालिकाका ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाका एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको पीसीआर प्रयोगशालावाट मंगलबार प्राप्त परीक्षण रिपोर्टले उक्त नगरपालिका वडा नम्बर ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का एक/एक गरी ११ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : भाद्र २, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?